सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

झिँगा आतंकबिरुद्ध आन्दोलन, आउँदैनन पाहुना

गाउँभरि भनभनी झिँगा भन्किरहेका हुन्छन् । खानेकुरादेखि लिएर सबै थोकमा झिँगाको गोलो हुन्छ । खाना बनाएर खान सक्ने अवस्था छैन । खाना बनाए पनि झुलभित्र बसेर खानुपर्ने बाध्यता छ ।

मोरङको सोराभाग ९ पुग्ने जो कोही पनि अचम्ममा पर्ने गरेका छन् । झिँगाकै कारण गाउँमा पाहुना पनि आउन छाडेका छन् । कोही पाहुना आए पनि खाना नखाइ फर्कन्छन् ।

एक वर्षदेखिको झिँगा आतंकबाट कारण स्थानीय आजित भएका छन् । उनीहरुले यसको विरुद्ध आन्दोलन समेत गरेका छन् । सोराभाग ९ बेतौनास्थित विराट पोल्ट्री फर्मको दुर्गन्धका कारण गाउँमा झिँगा आतंक फैलिएको हो ।

फर्मले दुर्गन्ध र झिँगा नियन्त्रणमा चासो नदिँदा स्थानीय बासिन्दा विस्थापित हुनुपर्ने अवस्था आएको विराट पोल्टी फर्म वातावरण प्रदूषण तथा झिँगा उन्मूलन संघर्ष समितिका सचिव इन्दिरा उप्रेतीले बताएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्