विप्लवका कार्यकर्ता चुनावमा मुख्य सुरक्षा चुनौति
गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको निर्वाचन विरोधी गतिविधि स्थानीय तहको निर्वाचनको प्रमुख सुरक्षा चुनौती रहेको ठहर्याएको छ । विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रुपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको छ ।
गृहले पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चुनाव विरोधी गतिविधि र तराईमा नेकपाका साथै विखण्डनकारी सिके राउतका कार्यकर्ता लगायत भूमिगत समूहको गतिविधि स्थानीय तह निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर गरेको हो ।
विप्लवका कार्यकर्ता निर्वाचन विथोल्ने उद्देश्यले नगरपालिका र गाउँपालिका केन्द्रित भएको स्रोतले बताएको छ । प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकामा सुरक्षा चुनौतीबारे बुझ्न सादा पोसाकमा प्रहरी खटाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्