संबिधान संशोधनको नयाँ प्रस्ताव झन खतरनाक आयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले खतरनाक ढंगले सीमांकनको प्रस्ताव ल्याउन लागेको बताएका छन् । उनले सरकारले संसोधन प्रस्ताव फिर्ता नलिई झन खतरनाक ढंगले प्रस्ताल ल्याउन लागेकाले एमालेलाई मान्य नहुने बताएका छन ।
ब्यवस्थापिका संसदको बैठकमा सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले सीमांकन हेरफेर सम्वन्धी संशोधन प्रस्ताव राष्ट्रियताका लागि खतरा रहेको बताए । उनले भने ‘संसोधन प्रस्ताव फिर्ता लिएको होइन रहेछ, झन खतरनाक ढंगले ल्याउने तयारी गरेको रहेछ । पहिला सीमांकन फेरबदल गर्दा प्रदेश सभाको सहमति चाहिन्थ्यो, अहिले प्रदेशसभाको सहमति नचाहिने गरेर संशोधन आयो ।’
ओलीले सरकारले जाल झेल गरेर स्थानिय तहको चुनाव सार्ने मात्रै होइन टार्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन । उनले नयाँ संविधान संशोधन विधेयकमा एमालेको सहमति नहुने बताएका छन ।
प्रदेशसभाको सहमति लिने व्यवस्था संविधानको धारा २७४ संसोधन गरेर चलाखीपूर्ण ढंगले त्यसलाई संशोधन गर्ने प्रस्ताव ल्याउनु ‘न रहे बाँस न रहे बाँसुरी’ भनेजस्तो भएको ओलीको टिप्पणी छ ।
उनले बजेट संविधान अनुसार जेठ १५ मा ल्याउनुपर्ने र अन्यथा एमालेको सहमति नहुने बताएका छन । दोस्रो चरणको चुनाव अघि नै बजेट ल्याए एमालेले स्थानिय तहको चुनाव नै बहिस्कार गर्ने चेतावनी पनि ओलीले दिएका छन् ।
जुनसुकै बेला पनि सीमांकन हेरफेर गर्न सक्नेगरि संविधान संशोधन गर्ने कुराले राष्ट्रियतामा खतरा आउने एमालेको दावी छ । प्रदेशसभाको सहमति बिना सीमांकन हेरफेर गर्ने व्यवस्थाले भविश्यमा अलग राष्ट्र बनाउने अभियानमा लागेकाहरुलाई फाइदा पुग्ने र राष्ट्रियता खतरामा पर्ने एमालेको निश्कर्ष छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्