सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चुनाव नेपालको, छलफल भारतयि दुतावासमा किन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरे लगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन ।

स्रोतका अनुसार, नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी साँझ ६ बजे लैनचौर पुगेका हुन् । त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाइमा छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित थियो ।

छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरुलाई आग्रह गरेको स्रोतको दाबी छ ।

त्यति मात्रै नभई राजपा नेताहरुले दूतावास भित्रैबाट नयाँदिल्लीमा कन्फरेन्स कलमार्फत संवाद गरेको समेत स्रोतको दाबी छ । दूतावास भित्रको छलफल विषयमा जिज्ञासा राख्दा राजपाका नेता राजकिशोर यादवले भने, ‘पार्टी एकीकरण भएकोमा देशी, विदेशी सबैको शुभेच्छा छ, भारतको मात्रै होइन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS