प्रेमीकाको मृत्यु, प्रेमीको ५५ दिनपछी जिवितै उद्धार
दुइ महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो । उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो ।
उद्धार टोलीले उनीहरुलाई खोँचमा खसेर एक जना बेहोस र अर्का एकजना मृत अवस्थामा फेला पारेको हो । बेपत्ता २१ बर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेका थिए भने १९ बर्षीया लिउ चेन चुनको शव फेला परेको थियो ।
ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको हो । उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो । नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए ।
वेपत्ता भएको ५५ दिनपछि पर्यटकलाई बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन् । परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन ।
स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो । बाटो बिराएर फसेका पर्यटकलाई सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन् । उनीहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन् ।
धादिङको तिप्लिङ लगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्