बाँदर भगाउने बिषयको बैठकमा बाँदर पनि सहभागी
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापन सम्बन्धी भेलामा एक्कासि बाँदरनै उपस्थित भएका छन ।
लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेल बजार लगायत गाउँमै पसेर दुःख दिँदै आएको छ ।
ग्रामिण भेगमा खेतबारीका छेउछाउमा प्रशस्त मात्रामा वनजंगल हुन्छ र यसले गर्दा बनजगंलमा रहेका बाँदरहरूले बालीनालीमा प्रत्यक्ष रूपमा असर पारीरहेका हुन्छन् ।
यस्तो समस्याको एक मात्र समाधानको उपाय भनेको मोलासेसको खेती हो । किनकी यो घाँसमा एक प्रकारको च्याप च्याप लाग्ने पदार्थ हुन्छ । यो राम्रो किसिमको बास्ना आउने घाँस भएतापनि यसबाट आउने च्याप च्याप लाग्ने पदार्थ शरीरमा लाग्ने हुदा बाँदर यो घाँस लगाएको ठाँउमा आउन डराँउछ ।
यस अर्थमा पनि यसको खेतीलाइ बाँदर भगाउने उत्कृष्ट उपायको रूपमा लिने गरेको पाइन्छ । यो घाँसलाइ जुनसुकै किसिमको माटोमा पनि लगाउन तथा खेती गर्न सकिन्छ ।
यसमा १० प्रतिशत सम्म प्रोटिन पाइन्छ । लगाएको ७५ दिनमा नै काट्न सकिने र प्रति हेक्टर २० देखि ३० टन सम्म उत्पादन हुने यो घाँसको बिउ कार्तिक महिनामा पाक्दछ । यस घाँसलाइ विभिन्न सामुदायिक वनहरूले तथा सामुहिक रूपमा ठुलो क्षेत्रमा लगाउदा अझ फाइदा पुग्ने देखिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्