नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्