सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यसरी भएको थियो कश्मीर संघर्षको शुरुवात

एड्रयू वाइटहेड । विश्वमा सबै भन्दा बढी बल्झिएको विवादमा एकको मुख्य कारण हो जुन विलयको सन्धी हो, त्यो ऐतिहासिक रुपमा धेरै महत्वपूर्ण छ । तर हेर्दा सामान्य लाग्छ । सन १९४७ मा जुन विलय सन्धीको आधारमा जम्मू कश्मीर राज्य भारतको हिस्सा बन्यो, त्यसमा केबल दुई पेज थिए र यसलाई विशेष रुपमा तयार पनि गरेको होइन ।

त्यो समयमा पाँच सय भन्दा बढी राज्यहरु थिए । भारतीय स्वतन्त्रता अधिनियमको आधारमा राज्यका शासकमाथि निर्भर थियो कि उनी भारत अथवा पाकिस्तान कता आफ्नो राज्यको विलय गर्ने । दिल्लीको गृह मन्त्रालयले एक फारम तयार ग¥यो । यसमा खाली ठाँउ छोडियो, जसमा राज्यको नाम, त्यहाँका शासकको नाम र मिति भर्नु पर्ने थियो ।

कैयौँ पटक भनिन्छ, कश्मीरका महाराजाले विलय सन्धीमा हस्ताक्षर गरेका थिएनन । यो सत्य होइन । यसमा एउटा रहस्य अहिले पनि लुकेको छ कि उनले यो कागजमा आफ्नो नाम कुन समयमा लेखे । जसका कारण उनको राज्य भारतीय शासनको अधिनमा आयो । कश्मीरमा भारतीय सैनिक तैनाथ हुन भन्दा पहिला नै त्यो कागजमा हस्ताक्षर गरेका थिए अथवा त्यो भन्दा पछाडि ।

kasmir1

त्यो सन्धीको मुल प्रति कहाँ राखेको छ । कैयौँ पटक यसमा पनि अनिश्चिता देखिन्छ । म जब कश्मीर संघर्षको सुरुवातमा ‘अ मिशन इन कश्मीर’ लेखिरहेको थिएँ । मैले भारतको गृहमन्त्रालयसंग मुल कागज हेर्ने अनुमति मागेको थिएँ । तर मलाई दिएन ।

कश्मीरका अन्तिम महाराजा हरि सिंह शायद करोडौँ नागरिकहरुलाई आफ्नो राज्य स्वतन्त्र राख्ने आश्वासन दिन्थे । तर ब्रिटिश इण्डियाको अन्तिम वायसराय लर्ड आउन्टबेटनले सबै राजा रजौटाहरुलाई स्वतन्त्र हुने विकल्प नभएको बताए । उनले भौगोलिक सच्चाइलाई अवमूल्यन गर्न सक्दैन थिए ।

भारत अथवा पाकिस्तान चारै तर्फबाट जसबाट घेरिएका थिए, त्यसमा नै सहभागी हुन सक्थे । जम्मु कश्मीर ती राज्यहरुमा एक थियो । जुन भारत पाकिस्तानको बिचमा थियो । र अन्तिम फैसला त्यहि लिनु पर्ने थियो । बेलायतीलाई थाहा थियो कि जम्मु कश्मीर पाकिस्तानमा मिल्ने छ ।

विभाजनको समयमा यस्तो तर्क थियो कि वरपर भएका मुस्लिम बाहुल्य इलाका पाकिस्तानको हिस्सा बन्ने छन । यो राज्यमा पनि लगभग तीन चौथाइ जनसंख्या मुसलमानहरुको थियो । यातायात, भाषा र व्यापार पनि पाकिस्तान तर्फ नै थियो तर त्यहाँका महाराजा हिन्दु थिए ।

बिभाजनको समयमा बढ्दो साम्प्रदायीक तनावको कारण उनले आफ्नो राज्य मुस्लिम राज्यको हिस्सा बनाउन सकेनन । त्यो समयका प्रमुख राजनीतिक हस्ती शेख अब्दुल्लाले पनि भारतमा नै विलय हुने निर्णयमा समर्थन गरे । पछि उनको झुकाउ स्वतन्त्रता तर्फ भयो ।

कुन राज्यमा सामेल हुने भनेर हरि सिंह विस्तार सोचिरहेका थिए । १५ अगस्ट १९४७ मा जब बेलायती राजको अन्त्य भयो बेलायत र भारतीय अधिकारीहरुले धेरै कोशिस गर्दा पनि हरि सिंह कुनै फैसला गर्न सक्ने अवस्थामा थिएनन ।

संकेत आयो कि महाराजा भारतमा विलयको तयारी गरिरहेका छन् । पाकिस्तानबाट आएका कबायली लडाकुले आक्रमण गरेपछि उनले विलयको फैसला गरे । पाकिस्तानको नयाँ सररकारले यी लडाकुहरुको समर्थन गरे र हतियार पनि उपलब्ध गराए ।

जब लडाकुले श्रीनगरमा गैर मुस्लिमहरुको हत्या, लुटपाट गरे । हरि सिंह २५ अक्टुबरमा शहरबाट भागेर जम्मूको सुरक्षित महलमा आए । त्यो समयका राजकुमार कर्ण सिंह भन्छन–‘मेरा बुवाले जम्मू पुगेपछि घोषणा गरे हामीले कश्मीर हा¥यौ ।’ त्यो भन्दा पहिला अथवा पछि महाराजाले त्यो कागजमा हस्ताक्षर गरे, जसले उनको राज्यलाई भारतको हिस्सा बनायो ।

kashmir2

आधिकारीक रुपमा भनिन्छ कि भारतका गृह सचिव वीपी मेननले २६ अक्टुर १९४७ मा जम्मु गएर विलयको कागजमा महाराजाको हस्ताक्षर गराए । तर यसलाई गलत भनिँदै छ । मेनन त्यो दिन हवाइ जहाजबाट जम्मु जान चाहन्थे तर जान सकेनन ।

केहि इतिहासकारको भनाइ छ कि, महाराजले श्रीनगर छोड्नु भन्दा पहिला नै कागजमा हस्ताक्षर गरेका थिए । यस्तो संभावना छ कि, कागजमा हस्ताक्षर २७ अक्टुरमा गरेका थिए । जुन मिति भनिन्छ त्यो मिति भन्दा एक दिन पछि हस्ताक्षर गरेका थिए होलान तर एक दिन पहिलाको मिति राख्न उनी सहमत भए होलान ।

भारतले २७ अक्टुबरमा पहिलो पटक भारतीय सेना कश्मीरमा हवाइ जहाजबाट उता¥यो । यो दुस्साहसिक सैनिक अभियान महाराजाले सन्धीमा हस्ताक्षर गर्नु भन्दा केहि घण्टा पहिला नै शुरु गरेको थियो । भारत आधिकारीक रुपमा भन्छ कि, यो अभियान हस्ताक्षर गरेपछि शुरु भएको हो । तर यस्तो होइन ।

महाराजाले विलयलाई स्वीकारेपछि लार्ड माउण्टबेटनले भने–‘कश्मीरमा जब कानूनी व्यवस्था ठीक हुने छ, त्यहाँबाट हमलाकारी भगाएपछि भारतमा राज्यको विलयको मुद्धा जनताको जनमतबाट निर्णय गराइने छ ।’ केहि दिन पछि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीरमा राष्ट्र संघ वा अन्तराष्ट्रिय उपस्थितिमा जनमत संग्रह गराउने भने ।

भारतीय सेनाले पाकिस्तानी सेनालाई श्रीनगरमा आउनबाट रोके । भारतीय सेनाले पाकिस्तानी सेनालाई कश्मीर घाटीबाट बाहिर लखेटे । तर पुरा राज्यबाट बाहिर निकाल्न भने सकेनन । १९४८ मा पुनः लडाईँ भयो र पाकिस्तानले खुल्ला रुपमा आफ्ना सेना तैनाथ ग¥यो । स्वतन्त्र भएको केहि महिनामै भारत र पाकिस्तान कश्मीरमा लडन शुरु गरे ।

युद्धविरामले राज्यलाई दुइ भागमा विभाजन ग¥यो । जुन जनमत संग्रह गराउने भनिएको थियो त्यो जनमत संग्रह कहिल्यै गराइएन । ७० बर्षको कश्मीर संर्घषले यो साफ भइसक्यो कि, महाराजले विलयको कागजमा हस्ताक्षर कश्मीरमा शासन कसले गर्ने भन्ने विवादको अन्त्यको लागि गरेका थिए तर त्यो विवादको समाधान त्यसबाट भएन । वास्तवमा त्यो त कश्मीर संघर्षको शुरुवात थियो ।

(एड्यू ह्वाइटहेड ‘अ मिशन इन कश्मीर’ का लेखक हुन । उनी बीबीसीका पूर्व भारत संवाददाता थिए )

फेसबुकबाट कमेन्ट गर्नुहोस्