मुख्य समाचार
डोजर लखेट्दै, सिटी फुक्दै ठकुरी गाउँबासी
काभ्रेको बनेपा नगरपालिका–९ ठकुरी गाउँका स्थानीय अहिले आन्दोलनमा छन् । सोमबार उनीहरूले सिठी जुलुस निकाले । सिठी फुक्दै स्थानीयवासी नगरपालिका कार्यालयसम्म आए । एक साताअघि ठकुरी गाउँको एक भिडिओको सामाजिक सञ्जालमा चर्चा
अश्लिल भिडियो बनाउनेलाई पक्रन गोली हानियो
डेटिङ गएका जोडीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने तीन जनालाई प्रहरीले दाङको तुलसीपुरमा दुई राउन्ड फायरिङ गरेर पक्राउ गरेको छ । दाङको तुलसीपुरभन्दा १२ किलोमिटर भित्र जङ्गलमा बिगत लामो समयदेखि त्यहाँ
तास चिन्ने सेन्सर सामाग्रीसहित एक पक्राउ
प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको
आलमलाई बचाउन साक्षीकै वयान फेर्ने चलखेल
नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि बयान फेरेका छन् । २०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका
कालापानी समेटेर नयाँ नक्सा बनाउन निर्देशन
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको
कालापानी समस्या अन्तराष्ट्रियकरण नगरौँः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने प्रचण्डको भनाई छ
‘अघोरी बाबा’ श्रीमतीसहित प्रहरी नियन्त्रणमा
‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डे प्रहरीमा पुगेकी छिन् । चितवनकी एक युवतीले ठगी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो । महानगरीय प्रहरी बृत्त
सुस्तामा भारतको दादागिरी, सरकार किन मौन ?
भारतीय पक्षबाट सीमा अतिक्रमणका कारण वर्षाैंदेखि पीडित छन्, नवलपरासीका सुस्तावासी । १४ हजार हेक्टर जमिन अतिक्रमणमा परेको छ । सीमामा स्तम्भ छैनन् । ‘हामीले वर्षाैंदेखि रोइकराइ गर्दै आएका छौं तर राज्यले सुनेन’,
प्रधानमन्त्रीले किन फेर्न लागे सचिवालय टिम ?
काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् । त्यसका लागि उनले सचिवालयका सबैलाई राजीनामा गर्न भनेका छन् । ‘आफ्नो कामको सहजताका लागि सचिवालयमा रहेकाहरूले छाडेर सहयोग
कालापानी, लिपुलेकमा नेपालको सिमा सुरक्षाशुन्य
नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको










