सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सम्भावना ‘वार टुरीजम’को

कुनै समय यस्तो थियो, रुकुम र रोल्पावासी आफ्नो परीचय दिँदा पनि डराउनु पथ्र्यो । दुई सत्ता शक्तिको चेपुवामा थिए सर्वसाधारण जनता । जुन टकरावको असर आम जनताको दैनिक जीवन र मनोविज्ञानमा अहीलेसम्म पनि परेकै छ । बाँच्नुको अगाडी अरु सबै कुरा गौण बनेका थिए । तर समय संगै रुकुम र रोल्पाले पनि विगतको तितो परीचय फेरीसकेका छन । द्वन्द्वको अन्त्यसंगै विकासका केही छिटाहरु रुकुम र रोल्पाका ति विकट वस्तीहरुमा पनि देखीन थालेका छन् ।

मुख्यत; सर्वसाधारणले निर्धक्कसंग सुत्न पाएका छन भने दुखै गरेर भए पनि खान पाएका छन् । नत्र साँझ नपर्दै खायो नखायो गरेर सुत्नका लागी ओढार र झुम्म परेका रुखको खोजीमा गाउँ छाड्नु पथ्र्यो । एक दशक लामो द्धन्दले रुकुम र रोल्पावासीमा यस्तै दर्दनाक पिडा र कस्टको नमीठो याद बाहेक सम्झेर फुइँ झार्नुपर्ने अरु खासै केही छोडेको छैन ।

द्वन्द्व आफैमा नराम्रो पक्ष हो तर पनि द्वन्द्वका नराम्रा पक्षलाई बिर्सने हो भने यसले हामीलाई केही सम्भावना पनि दिएको छ । अर्थात द्वन्द्वका तिनै नमीठा भोगाई, अनुभुति र चिनारीलाई ‘वार टुरीजम’को रुपमा विकास गरी हामी हाम्रो आर्थिक अवस्था सुधार गर्न सक्छौँ । त्यती ठुलो ऐतिहासीक र सामरीक महत्व नभए पनि फरक धरातल र परीस्थितिबाट विकसित भएकाले माओबादी द्वन्द्व आम विश्वका लागी कौतुहुलता र चासोको विषय बनेको छ । माओबादी द्वन्द्वको सहज अवतरणबाट विश्वले नेपालबाट द्वन्द्व व्यवस्थापनको पाठ सिक्न सक्छ ।

Maikot

त्यस बोहक रुकुम र रोल्पा माओबादी बिद्रोहको उद्गमस्थल र आधारक्षेत्र हुन । जहाँ अवलोकन र अध्यय्नका लागी द्वन्द्वसंग सम्बन्धीत यति धेरै विषयवस्तु छन् की, जुन त्यहाँ घुम्न जाने पर्यटकका लागी प¥याप्त हुनेछन् । अर्थात द्वन्द्वको बारेमा चासो राख्नेका लागी रुकुम र रोल्पा अध्यय्न र अनुसन्धानको केन्द्र बन्न सक्छ । त्यहाँका नागरीकको जनजीवन र मनोविज्ञानमा द्वन्द्वले पारेको प्रभाव, सामरीक महत्व बोकेका भौगोलीक ठाउँ र द्वन्द्वका अवशेषहरु द्वन्द्वसंग महत्व राख्ने विषय वस्तु हुन् । जसले पर्यटन क्षेत्रमा नयाँ सम्भावना राख्दछन् । अर्थात पर्यटन विकासका लागी रुकुम र रोल्पा वार टुरीजमको नयाँ विकल्प बन्न सक्छन् ।

संसारमा यस्ता थुप्रै उदाहरण छन् जहाँ युद्धमा प्रयोग भएका बिभिन्न चिनारीहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरीएको छ । चिनको “ग्रेटवाल अफ चाईना” पनि युद्धकै एउटा चिनारी हो । दोस्रो विश्व युद्धको समयमा चिनले सुरक्षाका लागी बनाएको “ग्रेटवाल अफ चाईना” अहीले संसारका बिभिन्न पर्यटकीय गन्तव्य मध्ये एकमा पर्दछ । चिन घुम्ने ९५ प्रतिशत पर्यटकका लागी ‘ग्रेट वाल’ पहीलो रोजाईमा पर्दछ । त्यस्तै पेरुका चर्चित कम्युनिष्ट नेता गोञ्जालोले आफु लुक्न र गुरील्लालाई प्रशिक्षण दिन प्रयोग गरेको एन्डीज पर्वत अहीले वार टुरीजमको गन्तव्यका रुपमा विकसीत भएको छ । जसले गर्दा सो देशका नागरीकको आर्थिक अवस्थामा परीवर्तन आएको छ ।

1

२०५२ साल फाल्गुन १ गते माओबादीले पहीलो पटक आक्रमण गरेको रुकुमको राडीबजारमा रहेको प्रहरी चौकी माओबादी बिद्रोहको पहीलो चिनारी हो । सो घर अहीले पनि सुरक्षित छ । माओबादी लडाकुले पहीलो पटक सैन्य प्रशिक्षण लिएको गुनामको लेक, किसान विद्रोह र वर्ग संघर्षको तयारी गरेका ठाउँ, बेनी तथा दुनै आक्रमणको तयारी गरेका ठाउँ आदी वार टुरीजमका सम्भावित ठाउँ हुन ।

निकै महत्वपुर्ण र ऐतिहासीक मानिएको माओबादीको चुनवाङ्ग वैठक स्थल, माओबादीको सेल्टर पोईन्ट रोल्पाको थवाङ्ग, रोल्पाकै घर्तिगाउँ, रुकुमको मेलगैरीमा प्रहरीद्धारा गरीएको ६ जनाको पहीलो सामुहीक हत्या, रुकुमकै गुम्दीबाङ्मा २ जना प्रहरीको ज्यान जानेगरी भएको पहीलो एम्बुस आक्रमण, गाउँ नै खरानि हुनेगरी प्रहरीले आगजनी गरेको खारा गाउँ, रुकुमकोट तथा महतको चौकी आक्रमणका अवशेष, दर्जनौँ माओबादी लडाकुको ज्यान जानेगरी रुकुमको खारामा रहेको नेपाली सेनाको वेस क्याम्पमा भएको असफल आक्रमण, पहीलो जील्ला जनसरकार घोषणा गरीएको रुकुमको वाँफीकोट आदी पनि वार टुरीजमका अभिन्न अंश हुनसक्छन ।

Banphikot

यो बाहेक वार टुरीजमको विकासका लागी गुरील्ला ट्रेकीङ्गको अवधारणालाई पनि अगाडी सारीएको छ । सल्यान र रुकुमको सिमानाबाट सुरु हुने गुरील्ला ट्रेकीङ्गको यात्रा बाग्लुङ्ग र रुकुमको सिमानामा पर्ने ढोरपाटन सिकार आरक्षमा गएर टुङ्गीन्छ । हिउँको सेतो घुम्टो ओढेर विराजमान बसेका मनमोहक हिउँचुली हिमश्रृंखला, शिस्ने हिमाल, बाँफीकोटमा रहेको स्यार्पुताल, रुकुमकोटमा रहेको कमल दह, जलजला पाटन, ढोरपाटन सिकार आरक्ष आदी गुरील्ला ट्रेकीङ्गका क्रममा अनुभव र अवलोकन गर्न सकीने प्राकृतिक वरदान हुन् ।

Khara army camp

वार टुरीजमसंगै रुकुम तथा रोल्पामा पर्यटनको सम्भावना बोकेका अन्य थुप्रै सांस्कृतिक र प्राकृतिक मणीहरु पनि छन् । जुन प्रचारप्रसार र संरक्षणको अभावमा लुकेर बसेका छन् । रोल्पा र रुकुममा रहेका बिभिन्न मगर वस्तीहरु सांस्कृतिक धरोहर हुन् भने बिभिन्न मठ मन्दीरहरु धार्मीक पर्यटनका आधारहरु हुन् । जसको महत्व र सुन्दरताबारे जति नै वर्णन गरे पनि न्याय हुने छैन् । ‘५२ पोखरी ५३ टाकुरी’ रुकुमलाई चिन्ने अर्को नाम हो । ढकमक्क कमल फुल्ने रुकुमकोटको कमल तालमा बहुउपयोगी औषधीको रुपमा प्रयोग हुने कमलको डाँठ पनि पाईन्छ । त्योबाहेक सानोभेरी अर्थात उत्तरगंगा नदीमा ¥याफ्टीङ्गको पनि उत्तिकै सम्भावना छ । बहुउपयोगी यार्सागुम्बा, पाँच औँले लगायतका बहुमुल्य जडीबुटी पनि अध्यय्न र आकर्षणका बिषय हुन् ।

patan

रुकुम र रोल्पालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कुनै प्रयास नभएको भने अवश्य होईन । तर हाल सम्मका प्रयासहरु प्राय स्वार्थमा निहित भएको देखीन्छ । जसले गर्दा रुकुम र रोल्पाका पर्यटकीय स्थलहरु अँझै पनि ओझेलमा रहेका छन् । यति हुँदा हुँदै पनि यदी समग्र राजनितिक दल, संघ संस्था र आम नागरीक आपसी मनमुटाव र आग्रह पुर्वाग्रहलाई त्यागेर समग्र जील्लाको पर्यटन विकासका लागी लागीपर्ने हो भने त्यहाँका प्राकृतिक छटाहरुको भरपुर उपयोग गर्दै रुकुम र रोल्पालाई वार टुरीजमको रुपमा विकास गर्न सकीन्छ । जसले नेपालको पर्यटन विकासमा त सहयोग पुग्छ नै स्थानिय जनताको आर्थिक जीवनमा पनि व्यापक सुधार गर्न सकीन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्