सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय माग पुर्ति गर्न नेपालमा गाँजाको खेती

नेपालमा गाँजा खेतीको इतिहास लामो छ । तर, त्यसमा अन्र्तर्रािष्ट्रय आयाम जोडिएको केही दशकयता मात्र हो । र, भारतमा कडाइ अपनाइँदा यसमा संलग्न गिरोहले नेपाली भूमि प्रयोग गरिरहेको कुरा सत्य हो ।

नेपालमा लागुपदार्थ उत्पादन र बिक्री वितरण नियन्त्रणका लागि कानूनी व्यवस्था भएको ०३३ सालमै हो । तर, त्यस्तो कानूनी व्यवस्थाबाट यो रोकिएको देखिँदैन, अहिलेसम्म पनि ।

त्यतिबेला नेपाली भूमिमा गाँजा खेती गराउने भारत विहारका व्यापारीहरु हुन्थे । आफ्नो देशमा खेती गर्न कडाइ भएका कारण नेपालतिर छिरेका थिए, उनीहरु । नेपालको तराई भेगमा उत्पादित गाँजा उतै जान्थ्यो, अवैध बाटोबाट ।

सिरहाको सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस भवनको उद्घाटनमा तत्कालीन राजा वीरेन्द्र आफैं गएका थिए । क्याम्पसको वरिपरि गाँजा खेती थियो । राजाले नदेखुन् भनेर सुरक्षाकर्मीले नै पालले ढाक्न लगाएका थिए ।

कानुन आएर पनि त्यसको कार्यान्वयन फितलो रहेको प्रमाण थियो त्यो । सिरहा र सप्तरीमा त धेरै पछिसम्म खेती जारी थियो । भारतीय ठेकेदार नै नेपालमा गाँजा खेतीका लागि लगानी गर्थे । तीमध्येका एक भारतीय गुण्डानाइके स्थानीय प्रहरीको ‘इन्काउन्टर’मा मारिए ।

ती गुण्डानाइके नेपालमा गाँजा खेती गराउने एक मुख्य व्यक्ति थिए । खेती र ओसारपसारको ‘सेटिङ’ उनैले मिलाउँथे । प्रहरीका उच्च अधिकारीसम्म सेटिङ मिलाउँथे भनिन्थ्यो त्यतिबेला ।

२०४२÷०४३ सालतिरबाट गाँजा फँडानी सुरु भयो । सीधा सरकार त्यसका लागि दबाबमा परेपछि प्रहरी र प्रशासनसम्म त्यस्तो दबाब पुगेको थियो । तर, तराईमा गाँजा फँडानीको असर मध्यपहाडी क्षेत्रमा देखिन थाल्यो । तराईबाट विस्थापित हुन थालेको खेती उक्त क्षेत्रमा देखिन थाल्यो । सिरहा, सप्तरीबाट तराईकै बारा, पर्सा र रौतहटतिर खेती ‘सिफ्ट’ भयो । त्यहाँबाट मकवानपुर र धादिङका किसानको खेतबारीमा देखिन थाल्यो ।

एक समय थियो, चरेस ओसारपसारमा थकाली समुदायका ठूला व्यापारीहरु देखिन्थे । उनीहरु त लाइसेन्सवाला ठूला ठेकेदार पनि थिए । तिनीहरुले नै गाँजा खेती पहाडतिर सारे । तराईमा गाँजा बनाइन्थ्यो, पहाडमा त्यसलाई चरेसको रुप दिइयो ।

यसका केही दृष्टान्त छन् । नेपालको तराई भेगमा गाँजा मासिएपछि ओसारपसारमा संलग्न गिरोहको ध्यान भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयतिर मोडियो । त्यहाँ सशस्त्र विद्रोह थियो र कमजोर सुरक्षा व्यवस्था पनि ।

कतिसम्म भने सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)कै सवारी साधनहरु प्रयोग गर्न सफलता पाउन थाल्यो, गिरोहले । गाँजा, चरेस ओसारपसारमा संलग्नता पुष्टी भएपछि सीआरपीएफका महानिरीक्षक नै कारवाहीमा परेको उदाहरण छ ।

यो रोग विस्तारै विहारतिर पनि देखियो । विहारका अम्मलीको माग उत्तरपूर्वी क्षेत्रकै उत्पादनबाट धानिन थाल्यो । केही समयपछि उत्तरपूर्वमा सशस्त्र समूहहरु बढ्दै गए । समूहहरु कम हुँदा लेबी पनि कम तिर्नुपथ्र्यो । बढ्दै गएपछि लेबीको परिमाण ठूलो भयो । र, उत्पादन र ओसारपसारमा संलग्न गिरोहका लागि महँगो र्पयो ।

हेमन्त मल्ल ठकुरी

त्यसपछि फेरि विहारलगायत क्षेत्रका व्यापारीले नेपालतर्फ सम्पर्क बढाए । र, यतै लगानी बढाए । पुनः नेपालमा गाँजा खेती सुरु भयो । पछिल्लो समय मध्य क्षेत्रका जिल्लामा गाँजा खेती सुरु भयो । पूर्वोत्तर भारतको व्यापार नै नेपालमा र्सयो । नेपालको मध्य क्षेत्रमा लामो समयसम्म चल्यो, खेती । गाँजा नष्ट गर्न प्रहरीले सक्रियता देखायो ।

तराईमा खेती नगर्न बढेको दबावको परिणाम गिरोहहरु पहाडी भेगतिर सरे । त्यसपछि नै हो, म्याग्दी, रोल्पा, रुकुम लगायत जिल्लामा पनि गाँजा खेती देखिन थालेको । तराईमा खेती मासिँदा प्रहरी र प्रशासनलाई त्यस क्षेत्रबाट गाँजा हराएको भान भयो । तर, त्यो पहाडतिर ‘सिफ्ट’ भएको थाहा पाउन निकै समय लाग्यो ।

अहिले फेरि गाँजा खेती पुरानै क्षेत्र अर्थात् तराईतिरै सिफ्ट भएको छ । सिरहा र सप्तरीतिरै गिरोह सक्रिय रहेको देखिन थालेको छ । नेपालमा उत्पादित गाँजा सीधा विहार प्रवेश गर्ने मात्रै होइन, चुरे नजिकको क्षेत्र हुँदै पश्चिमबंगालतिर बढी र्पुयाइने गरेको छ । र, त्यहाँबाट पूर्वाेत्तरको उत्पादन बताउँदै भारतभर बिक्री गर्छन, गिरोहहरुले ।

भारतको लागुऔषध नियन्त्रण ब्युरोले पत्ता लगाएको तथ्य हो यो । प्याकिङको शैली केलाउँदा नेपालका मकवानपुर र धादिङमा उत्पादित गाँजा रहेको पत्ता लगाएको हो, उक्त ब्युरोले । नेपालमा पछि अफिम खेती देखिन थाल्यो । यसको सुरुवात पर्साबाट भयो । र, मध्यपश्चिमका पहाडी जिल्लामा पनि देखियो ।

मध्यपश्चिमको हकमा त्यसको ‘कनेक्सन’ भारतमा रोजगारीको खोजीमा जाने–आउने नेपाली नागरिकसँग थियो । उनीहरुले आफ्नो बारीमा लगाएको अफिम भारत र्पुयाएर बिक्री गर्थे । सानै परिमाणमा सही, त्यो लागुपदार्थको खेती र ओसारपसारको नयाँ आयामका रुपमा देखा र्पयो ।

भारतबाट नेपालतिर किन र्सयो त अफिम खेती ? जबकि, भारतमा वैधानिक हिसाबले नै अफिम खेती हुने गर्छ । तर, त्यहाँ यसका लागि कोटा प्रणाली अवलम्बन गर्ने गरिएको छ ।

उत्तरप्रदेश, मध्यप्रदेश र राजस्थानमा वैधानिक हिसाबले नै अफिम खेती गरिन्छ । ती राज्यका पनि ४÷५ वटा जिल्लालाई मात्र छानिएको छ, अफिम खेतीका लागि । उत्तरप्रदेशको बारबंकी जिल्ला त्यसमध्येको हो, जुन नेपालका रुपन्देही र कपिलवस्तुसँग जोडिएको छ । सीमा क्षेत्रमै हुन्छ, अफिम खेती पनि ।

अफिमको पकेट क्षेत्र तोकिएको ठाउँमा लम्बादार (सरकारी कर्मचारी)ले नापेर खेतीका लागि अनुमति दिने चलन छ । तर, ती लम्बादारले बदमासी गर्न थाले । जस्तो, एक बिघा तोकिएको छ भने त्यसमा दुई कठ्ठा पनि घुसाइदिन थाले । र, कागजमा नदेखिने दुई कठ्ठाको उत्पादन कालोबजारमा र्पुयाइन थाल्यो ।

त्यसरी कालोबजारमा पुगेको अफिमबाट हेरोइन बन्न थाल्यो । र, त्यो विश्वव्यापी रुपमा ओसारपसार हुन थाल्यो । त्यसपछि नै हो, भारतको अफिम खेतीमा संसारको ध्यान तानिएको पनि ।

तथापि, पकेट इलाकामा उत्पादित अफिम कालोबजारमा पुगेको कुरा भारतीय अधिकारीहरुले स्वीकारेका थिएनन् । राजधानी नयाँदिल्लीमै अफिमको कारखाना भेटिएपछि भने उनीहरु पुर्पुरोमा हात र्पुयाउन बाध्य भए । त्यसपछि कालोबजारमा र्पुयाइएको अफिममध्ये ६० प्रतिशत हेरोइन बनाउन प्रयोग हुने खुल्यो ।

उक्त तथ्य स्थापित भएपछि भारत सरकारमाथि नियमनका लागि दबाब बढ्यो । आफ्नो भूमिमा अवैध खेतीमाथि कडा सरकारी नजरका कारण त्यसमा संलग्न गिरोहको ध्यान नेपालतिरै सोझियो । र, तराईसहित पहाडी भेगमा पनि अफिम खेती देखिन थाल्यो ।

भारतका विहार, उत्तरप्रदेश, हरियाणा र पञ्जाबलाई अफिमको अवैध कारोबारको मुख्य क्षेत्र मानिन्छ । हेरोइनमा केही प्रतिशत अफिमको ‘कन्टेन्ट’ कायमै हुन्छ । श्रमिक वर्गले अफिमको डाँठबाट धुलो बनाउँछन, जसलाई उनीहरुको भाषामा डोड भनिन्छ ।

त्यो ‘लेबर क्लास’को हिरोइन हो । लेबरहरु काम गरेर थाक्छन् । र, डोडको नसामा सुत्छन् । यसको माग बढी हुनुको मुख्य कारण पनि समाजको आर्थिक रुपमा कमजोर वर्ग यसमा आकर्षित हुनु हो ।

माथिका तथ्यबाट नेपालमा गरिने गाँजा र अफिम खेतीको मुख्य उद्देश्य भारतमा रहेको माग पूर्ति गर्नु रहेको स्पष्ट हुन्छ । भारत हुँदै नेपालमा उत्पादन हुने गाँजाको बीउ भने इटालीबाट ल्याइएको मानिन्छ ।

गाँजा नष्ट गर्ने अभियान चलाइए पनि अफिमको ओसारपसारमा दुवै मुलुकका प्रहरीलाई सफलता मिलेको पाइँदैन । यो शतप्रतिशत नियन्त्रण गर्न नसकिए पनि ठूलो परिमाणमा समातिएका उदाहरण पनि छैनन् ।

भारतको तुलनामा नेपालमा गाँजा र अफिम दुवैको उपभोग कम छ । नेपालमा खेती गर्ने भने तल्लो आर्थिक हैसियतका किसान देखिन्छन् । पहिले ठूला र व्यावसायिक किसान पनि यसमा संलग्न थिए । कानुनको डरले उनीहरु यसबाट टाढा बने ।

साना किसानलाई आर्थिक प्रलोभन दिन गिरोहहरु सफल देखिन्छन, अझै पनि । किसानको जग्गा भाडामा लिएर खेती गर्ने गरिएको पाइन्छ । धान र तरकारीभन्दा बढी आम्दानी दिने लोभमा किसान पनि यसतर्फ आकर्षित भए ।

भारतीय व्यापारीहरुले पहिले नै पेश्की दिने गरेको पाइन्छ । बीउ पनि उनीहरुले नै जोगाड गरिदिन्छन् । भारतमा अफिमको माग शहरभन्दा गाउँमा बढी छ । गाँजाको भने गाउँ र शहर सबै ठाउँमा उस्तै देखिन्छ । भारतीय गिरोह अन्र्तर्रािष्ट्रय रुपमा पनि गाँसिएको छ ।

(लेखक नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक हुन् ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्