सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चीनको अन्तरीक्ष केन्द्र अनियन्त्रित रुपमा झर्दै पृथ्वीमा

चीनको पहिलो अन्तरीक्ष केन्द्र टियागोङ्ग–१ अनियन्त्रित रुपमा पृथ्वीको सतहतिर खसिरहेको छ । यो छिट्टै पृथ्वीको जमिनमा आइपुग्ने अनुमान गरिएको छ । सो अन्तरीक्ष केन्द्र चिनियाँ अन्तरीक्ष एजेन्सीले सन् २०११ मा प्रक्षेपण गरेको थियो ।

सो अन्तरीक्ष केन्द्रको नामको अर्थ ‘स्वर्गीय दरवार’ दिने टियागोङ्ग–१ लाई चीनले सन् २०२० मा ठूलो र स्थायी खालको अर्को अन्तरिक्ष केन्द्र पठाउनु अघि परीक्षणको लागि प्रक्षेपण गरेको थियो ।

सन् २०१६ को शुरुवातमै चिनियाँ अन्तरीक्ष एजेन्सीको उक्त केन्द्रसँग सम्पर्क टुटेको थियो । त्यसका पछाडी कुनै प्राविधिक गडवडी भएको बताइएको थियो । हाल उक्त अन्तरीक्ष केन्द्र पृथ्वीको सतहबाट लगभग २४० किलोमिटर माथि २९,००० कि.मी प्रति घण्टाको दरमा पृथ्वीको चक्कर लगाइरहेको छ ।

अन्तरिक्ष केन्द्र ‘बिना निर्देशन’ पृथ्वीको वायुमण्डलमा प्रबेश गरिरहेको सबैभन्दा ठूलो बस्तुमध्ये एक हो । पृथ्वीबाट वैज्ञानिकहरुको नियन्त्रणमा झारिने अन्तरिक्ष वस्तूहरुले मानिसलाई असर पार्न सक्ने सम्भावना १०,००० मा १ मानिन्छ । त्यसरी झारिदाँ अधिकांश अन्तरिक्ष वस्तु दक्षिणी प्रशान्त महासागरमा झारिन्छ ।

टियाओङ्ग–१ ले मानवीय रुपमा क्षती पुर्याउने सम्भावना भने ५००० मा १ रहेको बताइएको छ । पहिलो पटक यो केन्द्र नियन्त्रण बाहिर गएको खबर आउँदा यो न्युजिल्याण्ड वा अमेरिकाको मिचिगनको मानव बसोबास गर्ने क्षेत्रमा खस्ने हल्ला चलेको थियो ।

तर एरोस्पेस कर्पोरेसनले गरेको हिसाबमा यो केन्द्र पृथ्वीको ४२.७ डिग्री उत्तर र ४२.७ डिग्री दक्षिण अक्षांसको बीच झर्ने देखिएको छ । हुन त नियन्त्रण विना नै अन्तरिक्षमा मानवले पठाएका वस्तू पृथ्वीमा झर्ने घटना यो पहिलो होइन ।

यसलाई हरवार्ड विश्वविद्यालयका अन्तरिक्ष वैज्ञानिक जोनाथन म्याकडोवेलका प्रष्ट्याउँदै भनेका छन–“प्रत्येक वर्ष यस्ता घटना भइरहन्छन् तर टियाजोङ्ग–१ ठूलो भएको हामीले सतर्क हुनु परेको हो ।”

पृथ्वी वरिपरि वायुमण्डलको उपस्थितिका कारणले अन्तरिक्षबाट खस्ने साना बस्तु हावासँग घर्षण हुन्छन् । सो घर्षणका कारण साना वस्तु सम्पूर्ण रुपमा जलेर नष्ट हुन्छन् । यो केन्द्रको भने १० देखि ४०५ भाग जल्न बाँकी रहने अनुमान गरिएको छ ।

तर वैज्ञानिकहरुले यसमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । पृथ्वीको तीन भाग समून्द्र रहेकाले अन्तरिक्ष केन्द्र समुन्द्रमा खस्ने सम्भावना ३ गुणा बढी रहन्छ । विगतमा एक पटक मात्र यस्तो वस्तु जमिनमा खसेको र सो समय पनि मानवीय हताहती हुन पाएको थिएन ।

एरोस्पेस कर्पोरेसनका अनुसार कुनै एक व्यक्तिलाई सो केन्द्रको बाँकी भागले ठक्कर दिने सम्भावना दश लाखमा एक रहेको छ । माक्डोवेलले बताएका छन–“सो वस्तु खस्दा शुरुमा जलेको ढिक्का खस्नेछ र त्यसपछि धातुका स–साना टुक्रा खस्नेछ ।”

एरोस्पेसले अन्तरिक्ष केन्द्रको बाँकी भागमा हाइड्राजिन हुने भएकाले त्यसलाई भेट्टाएमा नछुन सुझाव दिएको छ । हाइड्राजिनले जीवको छाला जलाउन सक्छ । एरोस्पेस कर्पोरेसनले टायागोङ्ग–१ सन् २०१८ मार्च २७ देखि एप्रिल १० बीच कुनै पनि बेला पृथ्वीको धरातलमा झर्ने हिसाब निकालेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS