मुसाले दाँतमा धार लाएझैँ बुद्धिजीवीको कामः ओली
प्रधानमन्त्री केपी ओलीले अझैं पनि नेपालमा साम्प्रदायिकता भड्काउने र विभिन्न जाति र समूदायलाई उत्तेजित बनाउने प्रयास भइरहेको दाबी गरेका छन् । सोमबार एमाले हेडक्वार्टर धुम्बाराहीमा नयाँ शक्तिकी नेतृ तथा पुर्वराज्यमन्त्री लिला भण्डारी लगायतलाई पार्टी प्रवेश गराउने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली–नेपालीबीचको एकता भाँड्ने तत्वहरुको स्वीच भने नेपालमा नभएर अन्तै कतै रहेको दाबी गरेका छन । ओलीले विदेशीको त्यो चलखेलले अब नेपालीहरु नभड्किने भन्दै त्यसमा सबै नेपाली सजग र सर्तक हुनुपर्ने बताएका छन ।
उनले भने ‘हामी हाम्रो सामाजिक सद्भाव भड्कँन दिदैनौं । लडाईँ झगडा गर्न लगाएर हतियार बेच्ने योजना पनि सफल हुन दिदैनौं । हामी आफनो समस्या आफैं समाधान गर्छौं । पहाड, तराई, हिमाल, जात क्षेत्रको मुद्दा उचाल्ने ? सामाजिक सद्भाव कायमै राख्दै संविधानले व्यवस्था गरे अनुसार अबब हामी देश विकास गर्छौं ।’
सुशासन र सम्बृद्धि सवै नेपालीको चाहाना भन्दै ओलीले त्यो चाहाना पुरा गर्न बाम गठबन्धन सरकार पछि नहट्ने दाबी पनि गरेका छन । अधिनायकवाद आउन लाग्यो भनेर विपक्षीले लगाएको आरोपको खण्डन गर्दै उनले त्यो आरोपमा कुनै सत्यता नभएको जिकिर पनि गरेका छन ।
उनले आफ्नो भारत भ्रमण, देश विकासका योजना लगायतलाई लिएर प्रतिपक्षी दल काँग्रेसका नेताहरु र केही बुद्धिजीवीहरुले गरेको टिप्पणीलाई शब्दको अर्थ नबुझ्नेहरु भनेका छन ।
प्रधानमन्त्री ओलीले भने–‘मैले हालै गरेको भारत भ्रमणलाई एकजना नेताले लम्पसारवाद भनेको सुनेँ । अहिलेको प्रधानमन्त्रीले गरेको भारत भ्रमणलाई लम्पसारवाद भन्नु शब्दको अर्थ नबुझ्नु हो ।’
ओलीले घुमाउरो तरिकाले युरोपियन युनियन लगायतका निकायको व्यवहारमाथि हमला गर्दै काँग्रेस र बुद्धिजिवीहरुको व्यवहारलाई पनि बाँकी राखेनन् । ‘कतिपपय बुद्धिजीवीहरु लेख लेखेबापत जिविका चलाइरहेका छन् । तिनीहरुले यस्तो गरेको नमज्जा लाग्छ । मुसाले दाँत तेजिलो बनाउन काटिराख्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै छ, उनीहरुको काम ।’
प्रधानमन्त्री भएपछि उखान टुक्का भर्न कम गरेका ओलीले सोमबार गरेको भाषणमा भने धेरै उखान टुक्का जोड्न भ्याए । उनले भने–‘मुसाले नोक्सान गरौं भनेर लुगा काटेको होइन । उसले त आफ्नो दाँतमा धार लगाउन लुगा काट्ने हो । तर, मुसाले आफ्नो दाँत धार लगाउँदा थोत्रा कपडा काटे हुन्थ्यो नि सुट नै काटिदिन्छ । त्यस्तै गरी बुद्धिजीवीले पनि देशलाई नै नोक्सान गर्ने गरी लेखेका छन् ।’
फरक प्रसंंगमा प्रधानमन्त्री ओलीले महेन्द्रपथको पनि चर्चा गरे । ‘केपी ओली महेन्द्र पथमा पनि गयो भनेर कतिले भने, के विकासको कुरा गरेका थिए महेन्द्रले ? विश्वविद्यालयको सर्टिफिकेटकै बेइज्जत । राम्रो कामको राम्रो र नराम्रोको नराम्रो भन्न जान्नुपर्छ’ ओलीको भनाई थियो । लोकतन्त्र जनताको व्यवस्था र जनताकै लागि गरिने व्यवस्था भएको भन्दै सुशासन, भ्रष्टाचार र जनताको सुरक्षाका लागि लोकतन्त्र ल्याइएको ओलीले बताए ।
रेल कुदाउने कुरा, जहाज उडाउने कुरा गर्नु अपराध नभएको भन्दै संविधानले व्यवस्था गरेअनुसार जनताका अधिकार दिलाएरै छोड्ने र विकास गरेरै देखाउने प्रतिवद्धता जनाए । उनले यहि विचार, सिद्धान्त, नीति, संगठन र सहि कार्यक्षमताका कारण एमालेप्रति जनताको आकर्षण बढेको पनि बताएका छन ।
‘नीति र सिद्धान्तको टेको लगाउने पार्टी एमाले होइन । हामी राष्ट्रिय एकताका सवालमा कुनै अनुचित माग र अर्गल्याईमा जादैनौँ । नेपालका समस्याको सहि ढंगले पहिचान र समाधान गर्ने उदेश्य पुरा गर्न पार्टी सक्षम छ । ’
उनले छिमेकी देशहरुसँग समानताका आधारमा व्यवहार गर्ने भन्दै देशभक्तिका लागि राष्ट्रवाद जोगाउन सफा मनले अघि बढ्नुपर्नेमा आफू जानकार रहेकाले छिमेक र वैदेशिक मामलाका नीतिहरुमा प्रष्ट रहेको बताए छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्