सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मान्छेको मासु खाने अघोरी साधुहरुको वास्तविकता

माघे संक्रान्ति । हिन्दू धर्म र बिभिन्न सम्प्रदायमा विशिष्ठ महत्व राख्ने माघे संक्रान्तिको महिमा पनि अपार छ । नेपालमा बिभिन्न नदीहरुमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ भने छिमेकी भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भ मेला सुरु हुन्छ ।

गंगा नदीको संगममा डुबुल्की लगाउन हजारौंको संख्यामा साधु सन्तहरु प्रयागराज पुगिसकेका छन् । यही साधुहरुको समूहमा एउटा वर्ग यस्तो छ, जसलाई लिएर जनमानसमा सदैव भयको अवस्था सिर्जना हुने गर्छ, त्यो वर्गलाई ‘अघोरी’ भन्ने गरिन्छ ।

अघोरीको बारेमा समाजमा भन्ने गरिन्छ ‘उनीहरु शमशान घाटमा बस्छन्, जलिरहेको लाशको बीचमा खाना खान्छन र त्यहीँ बस्छन् ।’ त्यसमाथि पनि उनीहर नांगै घुम्ने, मानिसको मासु खाने, मानिसको खप्परबाट बनेको भाँडोमा राखेर खाना खाने र दिनरात गाँजा पिएर बस्छन् भन्ने मान्यता पनि छ ।

इंग्ल्याण्डको स्कुल अफ अफ्रिकन एण्ड ओरिएन्टल स्टडिजमा संस्कृत भाषा पढाउने जेम्स मोलिसन भन्छन ‘अघोरी दर्शनका अनुसार आध्यात्मिक ज्ञान आर्जन गर्न र ईश्वरलाई प्राप्ती गर्नका लागि शुद्धता पहिलो शर्त हो ।’

अक्सफोर्डमा पनि पढाउदै आएका मोलिसनका अनुसार अघोरीहरु राम्रा र नराम्रा भन्ने सामान्य नियमलाई पनि स्वीकार गर्दैनन र आध्यात्मिकताको चाहना पूरा गर्न अचम्मकै बाटोहरु प्रयोग गर्ने गर्छन । अघोरीहरु यही कारण मानिसको मासु खाने, आफ्नै मलमुत्र सेवन गर्ने गर्छन । यस्तो वस्तुहरु सेवन गर्दा उनीहरुलाई परम चेतना प्राप्त हुने विश्वास छ ।

१८ औं शताब्दीदेखि नै अघोरीहरु अस्तित्वमा आएको पाइन्छ । अघोरीहरुलाई पहिला अस्तित्वमा आएका कपालिका सम्प्रदायको निरन्तरता मानिन्छ । निकै कुख्याती र बदनामी कमाएका कपालिका सम्प्रदाय अहिले अस्तित्वमा छैनन् तर यिनीहरुको कुख्यातीको चर्चा अँझै पनि हुने गरेको छ हिन्दू धर्मको प्रसंगमा ।

कपालिका सम्प्रदाय मानिसको टाउको खप्परमा खाना खानेदेखि मानिसको बलि दिने विषयलाई लिएर बदनाम थिए । तर यो सम्प्रदाय अस्तित्वमा नभए पनि यो सम्प्रदायको सबै कुख्यातीहरु अहिले अघोरी सम्प्रदायले सर्लक्कै अपनाएको छ ।

हिन्दू समाजमा विशेष गरी पन्थ र सम्प्रदायहरु तय गरिएको नियम अनुसार नै चल्ने गर्छन । सम्प्रदायलाई मान्नेहरु संगठानत्मक रुपमा बनाएको नियमको पालना गर्ने गर्छन । उनीहरु समाजमा आफ्नो अस्तित्व बनाएर राख्ने गर्छन ।

तर अघोरीहरुको हकमा भने यस्तो केही लागू हुँदैन । यो सम्प्रदायसंग जोडिएका साधुहरु घर परिवारसंगको सम्पर्क सँधैका लागि त्याग गर्छन भने समाजले बनाएको नियमसंग कुनै पनि सरोकार नै राख्दैनन ।

यो पनि मान्ने गरिन्छ कि अधिकांश अघोरीहरु कथित तल्लो जातबाट आएका हुन्छन । तर यिनीहरु यति तिक्ष्ण बुद्धिका हुन्छन कि, उनीहरुको ठूला–ठूला व्यक्तिहरुलाई पनि सल्लाह दिने गर्छन । एक अघोरी नेपालका एक राजाको सल्लाहकार नै रहेको विश्वास गरिन्छ ।

अघोरीमाथि पुस्तक लेख्ने ‘अघोरी, अ बायोग्राफिकल नोबेल’का लेखक मनोज ठक्करका अनुसार आम मानिसमा अघोरीमाथि भ्रम बढी छ । उनी अगाडि भन्छन–‘अघोरीहरु साह्रै सरल हुन्छन, उनीहरु प्रकृतिमा रमाउन चाहन्छन र अन्य केही माग र चाहना पनि राख्दैनन ।’

ठक्करका अनुसार अघोरीहरु हरेक वस्तुमा ईश्वरको अंश देख्छन् । त्यसैले उनीहरु कसैलाई पनि नराम्रो गर्दैनन । कुनै कुरालाई अस्वीकार पनि गर्दैनन । यही कारण उनीहरु जनावर र मानिसको मासुमा फरक पनि देख्दैनन । त्यसैले जनावरको बलि यिनीहरुको सिद्धान्तको अभिन्न अंग बनेका छन् । गाँजा खाइरहन्छन तर होस पनि गुमाउँदैनन ।

अघोरी सिद्धान्तलाई सही ढंगबाट पालन गर्ने अघोरीहरुको संख्या साह«ै कम रहेको मोलिसन र ठक्करको निष्कर्ष छ । कुम्भ मेलामा भेला हुने अघोरीहरु वास्तविक भन्दा पनि स्वघोषित हुन् । उनीहरुले अघोरी सिद्धान्तको कुनै दीक्षा लिएको पनि हुँदैनन । यस्ता केही अघोरीहरु बिभिन्न कला देखाएर पर्यटकलाई मनोरञ्जन पनि दिलाउने गर्छन ।

र, पर्यटकबाट उनीहरु रकम पनि लिने गर्छन । तर वास्तविक अघोरीहरुले कहिले पनि कसैबाट रकम लिँदैनन । वास्तविक अघोरीहरु सबैको कल्याणका लागि बरु प्रार्थना गर्ने गर्छन । वास्तविक अघोरीको संख्या एक हजारको आसपासमा रहेको विश्वास गरिन्छ ।

अघोरीहरु भगवान शिवको भक्त हुन्छन र उनैको पूजा गर्ने गर्छन । भगवान शिवलाई बिनाशको देवता मान्ने मत उनीहरुमा छ । उनीहरु शिव पत्नी शक्तिको पनि पूजा गर्ने गर्छन । अधिकांश मानिसहरु मृत्युसंग डराउछन् र शमशान घाटलाई मृत्युको प्रतीक मानिन्छ तर अघोरीहरुको जीवनको सुरुवात यहीँबाट हुन्छ । उनीहरु आम मानिसको मूल्य र नैतिकतालाई चुनौती दिन चाहन्छन ।

अघोरी साधुहरु सामान्यतया समाजको अस्तित्वलाई स्वीकार गर्दैनन् । तर विगत केही बर्षदेखि यिनीहरु पनि समाजको मूलधारमा समाहित बन्ने प्रयास गर्दै आएका छन् । भारतको कतिपय स्थानमा अघोरीहरुको श्रमदानबाट कुष्ठरोग निवारण गर्ने अस्पताल पनि बनाएका छन् । जसले गर्दा अघोरीहरुसंग भयभित हुनेहरुको मन परिवर्तन पनि भएको छ ।

अघोरीहरु समलिंगी सम्बन्धलाई स्वीकार गर्दैनन तर केहीले भने मृत शरीरहरुसंग सम्भोग गर्ने गरेको सार्वजनिक रुपमा नै स्वीकार्दै आएका छन् । उनीहरु कुनै अघोरीको मृत्यु भएमा उसको मासु भने खाँदैनन र कर्म पु¥याएर अन्तिम संस्कार गरिदिन्छन । (बीबीसीबाट)

फेसबुकबाट कमेन्ट गर्नुहोस्