१० हजारलाई हाईड्रोको सेयर दिने जनार्दनको बाँचा
माओवादी केन्द्रका नेता तथा पश्चिम रुकुमबाट वाम गठबन्धका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका जनार्दन शर्माले १० हजार युवालाई हाइड्रो पावरमा शेयर उपलब्ध गराउने महत्वकांक्षि बाँचा आफ्नो चुनावी घोषणापत्र मार्फत गरेका छन ।
चुनावी अभियानकै क्रममा नेता शर्माले सानो भेरी र ठुली भेरी नदीबाट ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षि सपना पनि बाँडेका छन । यसका साथै उनले हरेक स्थानीय तहले हरेक बर्ष ५ सय युवालाई स्वरोजगार बनाउन प्राविधिक र विषयगत तालिम दिने व्यवस्था गर्ने योजना समेत घोषणापत्रमा अगाडी सारेका छन् ।
जिल्लाको ५ बर्षको मार्ग चित्र नामक घोषणा पत्र जारी गर्दै प्रचार अभियानमा निस्केका जनार्दन शर्माले यतिबेला चुनावी सभा, घरदैलो, भेटघाट र अन्र्तक्रियामा व्यस्त छन् । बाम गठबन्धनको संयुक्त घोषणा पत्र जारी गर्दै समृद्ध रुकुम बनाउन सुझाव संकलनका लागी गाउँ पसेको शर्माले बताउने गरेका छन् ।
रुकुमको चौरजहारी नगरपालिकामा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले रुकुम संसारका मुक्तिकामी श्रमजीवी जनताको आस्थाको केन्द्र भएको बताउँदै रुकुमलाई समाजवादी सत्ताको मोडेलका रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताएका छन ।
नेता शर्माले जारी गरेको घोषणापत्रमा प्राथमिक तहदेखि अंग्रजि विषयमा पढाई, गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधारमा सुधार, एक क्याम्पस, एक प्राविधिक शिक्षालय, हरेक स्थानीय तहबाट कृषि र इन्जिनियरिङमा छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरिएको छ । सबै स्थानीय तहमा २५ शैयाका अस्पताल र सबै स्थानीय तहमा एम्बुलेन्स सेवा र स्वास्थ्य बीमा पनि घोषणा पत्रमा समेटीएको छ ।
निर्माण भैसकेका सडकको स्तरोन्नती तथा ट्र्याक नखोलिएका ठाउँमा ट्रयाक र २ बर्ष भित्र महत्वपूर्ण स्थानमा मोटरेबल पुल बनाउने योजना उनले अघि सारेका छन् । त्यस्तै ५ बर्ष भित्र एक घर एक धारा, ४ सय केभीको प्रशारण लाइन दाङको अमेलियाबाट बाँफिकोट गाउँपालिकासम्म जोड्ने र ३३ केभी प्रशारण लाइनलाई जिल्लाभर विस्तार गर्ने घोषणापत्रमा छ ।
मुसीकोट र आठविसकोट सुविधायुक्त नमूना शहर बनाउने, चौरजहारी सहरी योजनालाई विस्तृत गरी डिजाइन गरी कार्यान्वयन गर्ने पनि योजनामा समेटिएको छ । झुल्नेटा, सिम्रुतु, सोलावाङ, छिन्खेत, झुल्खेत, पेदीबजार, सिम्ली, चाइनाबगर, नार्जी, खोलागाउँ, नुवाकोटडाँडा, छोटेबगर, छिवाङ र पेउघा जिउलालाई व्यवस्थित व्यापारीक केन्द्र बनाई विस्तार गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।
त्यस्तै भूमी बाँझो नराख्ने, ताजा तरकारी तथा बीउ उत्पादन, फलफूल, अन्नबाली र मसला बालीको पकेट क्षेत्र बनाउने र त्यसमा लागेकालाई प्रोत्साहित गर्ने शर्माको योजना छ । आमा समुह तथा सहकारी गठन, स्थानीय उत्पादनको मूल्य निर्धारण गरी बजारीकरणको लागि हाटबजार, शितभण्डार र प्रशोधन केन्द्र निर्माण गर्ने, कृषि तथा पशु बीमालाई लागु गरिने समेत योजनामा उल्लेख गरिएको छ ।
शर्माले सुख्खा र भिरालो भुभाग धेरै भएको रुकुमलाई लिफ्ट सिचाई र फोहरा सिचाईबाट डाँडाकाँडामा सिचाइ सुविधा पु¥याउने महत्वाकांक्षि योजना समेत अघि सारेका छन । निःशुल्क इन्टरनेट सेवा, फ्री वाइफाइ जोन र सूचनामा सबैको पहँुच विस्तार गर्ने जस्ता परिकल्पना समेत घोषणापत्रमा गरिएको छ ।
भेरी १, भेरी २, भेरी ३, भेरी ४ र जग्दुल्ला, जलिगाड उत्तरगंगा, नलसिंगाड मटेला–छेडा जलायसयूक्त जलविद्युत उत्पादनलाई पनि उनले घोषणापत्रमा समेटेका छन । विद्युतीकरणबाट जनताको जीवन स्तर उकास्न सकिने भन्दै उनले त्यसका लागि पुरानोको सुधार र नयाँमा जोड गरेको बताएका छन ।
मेलगैरी, रविगाउँ, सेतीगार, रारी, घारीखोला, कामीगाउँ र फुक्रुलाई ऐतिहासिक संरक्षित क्षेत्र घोषणा गरी त्यसको विकास गर्ने, दलसिंगे, काडादह, ठूली दह, सिस्ने हिमाल, दारा दह, जन्ती बसे, स्यार्पू ताल, गुप्ता दह, झारमारे र मौराखारामा पदमार्ग निर्माण गर्ने र त्यस ठाउँका सर्वसाधारणको दैनिकीसंग त्यसलाई जोडने पनि उनको घोषणापत्रमा छ । रुकुमका हरेक स्थानीय तहमा नगर बस सञ्चालन गर्ने योजना पनि घोषणा पत्रमा राखिएको छ ।
स्रोतः सिस्नेअनलाईन
फेसबुकबाट कमेन्ट गर्नुहोस्