सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैज्ञानिकहरु भन्छन–‘सुर्यको पनि एकदिन मृत्यु हुनेछ’

सबै चीजहरूको अवश्य एकदिन मृत्यु हुन्छ । पृथ्वीमा रहेका सबै जीवहरुको मृत्यु निश्चित छ । तर कति लामो छ भन्ने मात्रै हो । ताराहरु पनि मरेर जाने गरेको वैज्ञानिकहरुको भनाइ छ । ताराहरु जस्तै सुर्य पनि एक दिन समाप्त भएर जाने वैज्ञानिकहरु बताउछन् ।

वैज्ञानिकहरुका अनुसार करीब पाँच अर्ब वर्षपछि सूर्यको मृत्यु हुनेछ । त्यतिबेला उसलाई पनि थाहा हुने छैन कि उक्त घटना कसरी हुन्छ र त्यसपछि के हुन्छ भनेर ? बीबीसी हिन्दीका अनुसार एक दिन सूर्य नष्ट नै हुनेछ । उक्त खगोल विद्का अनुसार जब सूर्यको मृत्यु नजिक आउँछ तब तारामा रहेको ग्यास र धुलो विस्तारै विस्तारै हराउन थाल्नेछ ।

यो प्रक्रियालाई ‘प्लेनिटरी नेबुला’ भनिन्छ । प्लेनिटरी नेबुलाको यो प्रक्रिया जीवित तारामा ९० प्रतिशतसम्म परिवर्तन गरिदिनेछन् र रातो रंगको विशाल स्वरुप सूर्यको आकार विस्तारै सेतो रङ्गमा परिणत हुँदै जानेछ ।

‘नेचर एस्ट्रोनोमी’ नामको स्टडीको एक जना लेखक एल्बर्ट जज्लिस्ट्रालले भनेका छन, ‘जब एउटा ताराको मृत्यु हुन्छ, त्यसबाट धेरै नै मात्रामा ग्याँस र धुलो निस्किन्छ, जसलाई एनवल्प भनिन्छ । यो धुलो तथा ग्याँस सूर्यको कुल हिस्साको आधा हिस्सामा पुग्छ र ताराको न्यूक्लियसमा समेत यसले असर पार्नेछ । जब न्यूक्लियस यसको सम्पर्कमा आउँछ तब यो विस्तारै विस्तारै कमजोर हुँदै मृत्युवरण गर्नेछ ।’

वैज्ञानिकले भनेका छन, ‘जब तारामा गर्मी र भित्रि भागबाट निक्लिएको ग्याँस तथा धुलो १० हजार सालसम्म चम्किनेछन् । यो खगोल विज्ञानमा एउटा छोटो अवधि हुनेछ ।’

‘यस्तो भएपछि प्लानिटरी नेबुलालाई देख्न सकिन्छ । धेरै नेबुला यही समयमा चम्किने गर्छ जसलाई लाखौ प्रकाश वर्ष दूरीबाट पनि हेर्न सकिन्छ ।’ म्यानचेस्टर यूनिभर्सिटीका एल्बर्ट जिज्लस्ट्रा भन्छन, ‘हामीले करोडौ वर्षसम्मको तारालाई पत्ता लगाउन त सक्दैनौ । तर जब सूर्यको मृत्यु हुने समयमा भने कसरी पत्ता लगाउने ?’

अध्ययन पूरा हुनु पहिले वैज्ञानिकलाई पनि थाहा थिएन की सूर्यको पनि मृत्यु हुनेछ भनेर । सूर्यको समयावधिबारे बुझ्नको लागि धेरै खगोलविदका टीमले एउटा नयाँ डाटा मोडेल विकसित गरेका छन् । यो डेटा मोडल फरक फरक तौल र आयू भएको तारासँग निकाल्ने चमकलाई भविष्यवाणी गर्नेछ ।

अब भने वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् की ताराको मृत्युसँगै जब त्यसबाट ग्यास र धुलो एकसाथ निक्लिन्छ त्यो तारा तीन गुणाभन्दा धेरै तातो हुनेछ । यस्तै प्रकारले सूर्यकै आकारमा रहेका ताराले पनि चम्किलो प्लेनेटरी नेबुला बनाउन सक्छ । वैज्ञानिहरु भन्छन, ‘सूर्य पनि कम तौल भएको एउटा ताराको रुप हो ।’ यस्तो कम तौल भएको सूर्यले फेरी पनि प्लेनेटरी नेबुला बनाउन सक्छ ।

अन्तिममा वैज्ञानिक एल्बर्ट भन्छन, ‘यो खोजको प्रक्रिया धेरै लामो छ । यसकारण हामीले धेरै ढाचामा रहेको सौर्यमण्डलमा समाहित रहेको लाखौ वर्ष पुरानो केही तारालाई पत्ता लगाउने तरिका थाहा पाएका छौँ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्