मुख्य समाचार
नेपाल एयरलाईन्स १ सय ५१ यात्रुसहित जापानमा
उडान स्थगन भएको १२ बर्षपछी नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ७ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज आज अवतरण गर्दैछ
सेनाले भुटेको गाउँ, अहिले पनि भेटिन्छन् कंकाल
डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँका ७० बर्षका चक्र मटेली २०५९ साल बैशाख १९ गते आफ्नो गाउँमा भएको नरसं*हार सम्झदै आङ सिरिङ्ग पार्छन् । हात, मुख र घाँटीमा सेनाले चलाएको गो*ली लागेका
किन रोकियो नागरिकता सम्बन्धि विद्येयक ?
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले नागरिकता विधेयक, नेपाल–भारत सम्बन्ध, बाढीपहिरोको क्षति, डेंगु र शिक्षा, स्वास्थ्यलगायत विषयमा सरकारको जवाफ मागेका छन् । पौने तीन घण्टा चलेको बैठकमा सांसदहरूले प्रश्नोत्तर, शून्य र विशेष समयमा बोल्दै
एनसेलले कर तिर्नु नपर्ने सर्वोच्चको फैसला
सर्वोच्च अदालतल १२ औं पटकको सेयर बिक्रीपछि लाग्ने पूँजिगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको माग अनुसार सार्वोच्च अदालतले फैसला सुनाएको छ । ५ न्यायाधीशहरुको बृहत पूर्ण इजलासले गरेको फैसलाको निर्णय
ज्येष्ठ नागरिकलाई हवाई भाडा आधा लाग्ने
निजी क्षेत्रका वायुसेवा कम्पनी सहमत भएमा तीन महिनापछि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे
रबिले पुडासैनीबारे कार्यक्रम बनाउन नपाउने
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या दुरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनामा यसबारे कार्यक्रम बनाउन तथा प्रशारण गर्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि
रबि लामिछानेसहित युवराज र अस्मिता पनि रिहा
टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पत्रकार युवराज कँडेल तीन
के छ रवि लामिछाने विरुद्धको अभियोगपत्रमा ?
न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्मह*त्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछाने सहित उनको कार्यक्रम चलाउने
जापानको टोकियोमा नेपाली युवतीद्वारा आत्मह*त्या
नेपालमा नुवाकोट घर भई हाल जापान बस्दै आएकी एक युवतीले आत्मह*त्या गरेकी छिन् । आत्मह*त्या गर्ने युवती जापानको राजधानी टोक्योस्थित कामतामा बस्दै आएकी थिईन । ति युवतीले आईतबार राती १० बजेतिर
चितवनमा ५ जना भन्दा बढी भेला हुन निषेधाज्ञा
आईतबार रबि लामिछानेलाई रिहाई नगरेपछी रबि लामिछाने समर्थकहरु टायर बालि सडक आन्दोलनमा उत्रिएपछी चितवन प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको











