सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जाने बाँच्न सजिलो नजाने निकै गाह्रो

दावा शेर्पा 

पछिल्लो समय नेपाली विद्यार्थीका लागी जापान विदेश अध्ययनको आर्कषक गन्तब्यको रुपमा अगाडी देखिएको छ । अध्ययनका साथसाथै आम्दानीको पनि राम्रो सम्भावना भएपछी जापान आउने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ । आम्दानी र अध्ययनलाई संगसंगै अगाडी बढाउन अहीले ७० भन्दा बढी मुलूकमा नेपाली विद्यार्थीहरु पुग्ने गरेका छन् । जसमा जापान पनि विद्यार्थीहरुको पहीलो रोजाईको देश हो ।

अस्तव्यस्त राजनिति, भद्रगोल शैक्षिक ब्यवस्था, बढ्दो बेरोजगारी आदिका कारण शिक्षित र अध्ययनशिल युवाहरु विदेसीने क्रम दिनदिनै बढदै गएको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार २०६८ देखी २०७३ सम्मको अवधिमा एक लाख १७ हजार ५ सय ६४ विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् ।

वैदेशिक अध्ययनका लागी अनुमति लिएकाहरुमध्ये जापान आउनेको संख्या पनि ठुलो रहेको छ । जापानलाई रोजगार, अध्ययन र स्थाई बसोवास बनाउन चाहाने एसियाली मुलूकका नागरिक मात्र नभई पश्चिमेली देशका नागरीक पनि उत्तिकै छन । जापान प्रतिको यो आकर्षणको पहीलो कारण सामाजिक सुरक्षा पनि हो । विश्वका अन्य मुलूक भन्दा जापान सामाजिक हिसाबले निकै सुरक्षित मानिन्छ ।

नेपाल जापानको दौत्य सम्वन्ध (१९५६) स्थापना हुनु भन्दा अगाडि नै नेपालबाट विभिन्न क्षेत्रमा अध्ययनका लागि विद्यार्थी आउने गरेको ईतिहाँस छ । तत्कालिन प्रधानमन्त्री चन्द्रसमशेरले १९०२ मा ८ जना विद्यार्थीलाई जापान पठाएका थिए । जो नेपाली नागरीकका तर्फबाट जापान प्रवेश गर्ने पहीलो नागरीक थिए ।

जापानमा नेपालीहरुको बढ्दो आर्कषणसंगै नेपालीहरुको संख्यामा पनि उल्लेखनिय रुपमा वृद्धी भएको छ । सन् २००५ मा ५ हजार ३ सय १४ जना नेपाली भएकोमा २०१५ को अन्तिम सम्ममा ५४ हजार ६ सय ६५ जना नेपाली जापानमा रहेको जापान सरकारको तथ्यांकले देखाएको छ ।

TOKYO-SKYTREE

केही बर्ष यता जापानको जन्मदरमा आएको कमिका कारण पनि जापान प्रवेश सहज भएको अनुमान गरिएको छ । जसबाट नेपाल समेत प्रत्यक्ष लाभान्वित भएको अनुमान गर्न सकिन्छ । जापानको प्रसिद्ध समाचार संस्था ‘द जापान टाइम्स’का अनुसार हाल जापानमा २ लाख ८ हजार ३ सय ८९ विदेशी विद्यर्थीहरु अध्ययनरत छन । जसमध्ये १६ हजार २ सय ५० नेपाली विद्यार्थी छन् । जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्याका आधारमा चीन र भियतनाम पछी नेपाल तेस्रो मुलूक हो ।

आर्थिक वरियतामा चौथो स्थानमा रहेको जापानले पुर्वाधार र प्रविधिको विकास यसरी गरेको छ की, जसले हामीलाई आश्चर्य बनाईदिन्छ । जापानमा समयको ख्याल अलि बढी नै गर्नुपर्छ हैन भने पछुताउने भन्दा अरु बिकल्प हुँदैन । त्यसैले त यहाँ मानिसहरु घडिको सूइसंगै दौडिने गर्छन ।

अध्ययनको लागि जापान प्रवेश गर्नु अगावै हामीले धेरै सपनाहरु बुन्छौँ जुन स्वाभाविक पनि हो तर कहिलेकाहीँ हामी हाम्रो वास्ताविक धरातल नै बिर्सेर निकै ठुलो महत्वकांक्षा राख्छौँ । जो परिपुर्ती नहँुदा हामी मानसिक समस्यामा समेत पर्ने गर्छौँ । त्यसैले जापान आउने विद्यार्थीले आफ्नो हैसियतमा आफ्ना योजनाहरु बनाउनु पर्छ ।

कन्सलटेन्सीका सञ्चालकहरु सेवामुखी भन्दा बढि नाफामुखी छन । उनीहरु जापानको वस्तुनिष्ठ जानकारी र स्तरिय सेवामा भन्दा पनि कसरी धेरै विद्यार्थी पठाएर धेरै पैसा आर्जन गर्ने भन्ने कुरामा जोड दिँदा विद्यार्थीहरु अन्योलमा पर्ने गरेका छन् । त्यसकारण अध्ययनका लागी जापान आउने विद्यार्थी स्वयमले जापानको बारेमा अधिकतम जानकारी लिनु उत्तम हुन्छ । जसले तपाईको जापान अध्ययनलाई सरल बनाउनेछ ।

जापान प्रवेश गरे लगत्तै हामीले यहाँ करिब १५ देखी २४ महिनासम्म जापानि भाषा अनिवार्य पढनु पर्छ अनि मात्र हामीलाई विश्वविद्यालय वा अन्य व्यवसायिक कलेजमा प्रवेसको बाटो खुल्छ । नेपाल रहँदा जतिसक्दो जापनिज भाषाको अध्ययनमा जोड दिनुस । काम पाउन र जापानको जिवनयापन सरल बनाउन भाषा पहीलो प्राथामीक आवश्यकता हो ।

वैदैसीक अध्ययनमा अवसर मात्र हैन चुनौतिहरु पनि उतिकै छन । पहिलो कुरो त बिदेश निस्किएपछि आइपर्ने सबै किसिमको समस्याको सामाधान आफैले खोज्नुपर्छ । भौगोलिक, सांस्कृतिक र भाषिक रूपमा आईपर्ने नविनतम समस्याले सुरुमा केही अप्ठ्याराहरु आउनु स्वभाविक नै हो । यसरी आईपर्ने समस्यालाई नआत्तिकन सरल रुपमा समाधान गर्ने कोसीस गर्नुपछ ।

अनि सुरु हुन्छ अर्को दैनिकी । बैधानिक हिसाबले हप्तामा २८ घन्टा काम गर्ने प्रावधान भए पनि त्यो पैसा हाम्रो लागि पर्याप्त हुन्न । हामीमा एकै पटक दुइ जिम्मेवारी थपिन्छ । एक गाक्को(कलेज) फि अनि अर्को घरमा पैसा पठाउनु पर्ने बाध्यता । त्यसको लागी दैनिक ८ देखि १० घन्टा त काम गर्नैपर्ने हुन्छ ।

यसरी हामीले बार्षिक रुपमा ८ देखी १० लाख सम्म त कलेज फि नै बुझाउनु पर्छ । यससंगै विभिन्न शिर्षकमा आउने सरकारी कर र बिभिन्न विलले हैरान बनाउँछ । यसरी आउने सरकारी कर कतिपय तिर्नैपर्ने हुन्छ भने कतिपय नतिरे पनि हुने हुन्छ । यसबारे आफै जानकार हुनु अनिवार्य छ । जापानमा जाने बाँच्न सजिलो पनि छ नजाने निकै गाह्रो ।

दावा शेर्पा जापानमा अध्ययनरत छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्