बिचरा सिन्डिकेटधारी, किस्ता नतिरे गाडी लिलामी
बषौँदेखी गुण्डागर्दी र राजनितिको आडमा यातायात क्षेत्रमा एकछत्र सिन्डिकेट लादेर लुटतन्त्र मच्चाएका यातायात व्यवसायीका सम्भवत; खराब दिनको सुरुवात भएका छन । सरकार यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागी कडा रुपमा प्रस्तुत भएपछी बिरोधमा उत्रेका सिन्डिकेटधारीहरुलाई एकपछी अर्को दबाव पर्न थालेका छन ।
यातायात व्यवसायीले समितिका नाममा राजमार्गका बिभिन्न ठाउँमा गुण्डाहरु पालेर राख्ने गरेका छन । यातायात क्षेत्र गुण्डागर्दी हुने एउटा मुख्य थलो हुँदो आएको छ । यातायात समिति नै खारेज भएपछी सिन्डिकेटधारीवाला गुण्डाहरुको के हालत होला ? सरकार जसरी पनि सिन्डिकेट सकाएरै छाड्ने मनस्थितिमा छ ।
सरकारले यातायात समितिहरु नविकरण नगर्ने, सार्बजनिक यातायातका साधनहरु कम्पनी ऐन अनुसार दर्ता भएर सञ्चालन गर्नुपर्ने सरकारको निर्णय छ । सिन्डिकेट समाप्त पार्नकै लागी सरकारले देशभर यातायात रुटको ईजाजत खुला गरेको छ । एकपछी अर्को दबाव परिरहेका बेला बैंकहरुले समेत किस्ता नतिरेमा गाडी लिलामी गर्ने चेतावनी दिएका छन ।
यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्कि दिएको भए पनि बैंकहरुले भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् । बैंकर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले–‘हामीले डराउनुपर्ने अवस्था छैन, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन सक्छौं ।’
हालै गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले कार्यक्रम आयोजना गरेरै सिन्डिकेट विरुद्ध सरकार उत्रिए आफुहरु बैंकको कर्जा नतिर्ने धम्कि दिएका छन् । चालु आवको आठ महिना (फागुन) सम्ममा बैंक तथा वित्तीय संस्थाले सार्वजनिक यात्रु बाहक यातायातमा १६ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यी सबै बस व्यवसायीलाई मात्र गएको कर्जा भने होइन ।
यो ट्याक्सी, रिक्सा जस्ता अन्य यात्रु वाहक यातायातमा समेत गएको कर्जा हो । हालै सिन्डिकेटको विरुद्धमा उत्रिएको मयुर यातायात जस्ता कम्पनीमा पनि बैंकको कर्जा लगानी छ । यीनबाट भने बैंकलाई कुनै किसिमको दबाब नपर्ने देखिएको छ ।
त्यस्तै, ट्रक सेवा र भण्डारण व्यवस्थापनमा १४ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी भएको छ । सरकारले सिन्डिकेट तोड्न यातायात सम्बन्धि सबै संघ, महासंघ लगायतलाई नविकरण नगर्ने बताएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
वैशाख २० गते यातायात व्यवसायीहरुले सांकेतिक बन्द गर्ने र सरकारले माग पुरा नगरे वैशाख २७ गतेदेखी अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । सार्वजनिक बस, ट्रक, दुध बोक्ने ट्याक्टर लगायत सबै यो बन्दमा सहभागी हुने भएका हुन् ।
हाल यातायात व्यवसायीहरुमा आधाभन्दा धेरैले घर, जग्गाको धरौटी राखेर बैंकबाट कर्जा लिएको बैंकर ढुंगानाले बताए । त्यसैले व्यवसायीहरुले कर्जा नतिरेर खराब भएमा घर जग्गाको लिलामीबाट पनि असुल्न सकिने व्यवस्था छ ।
केही व्यवसायीहरुले भने व्यक्तिगत जमानीमा, यातायात संघको जमानीमा समेत कर्जा लिएका छन् । यस्ता कर्जाको बीमा समेत गरिएको हुने भएकोले बैंकहरु डराउन पर्ने अवस्था छैन । कुनै उपायबाट कर्जा उठाउन गाह्रो भएमा बैंकहरुले गाडी नै लिलाम बिक्री गरेर पनि असुल गर्न सक्नेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्